प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।
जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको हो। २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको हो। २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।
नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले प्राचीन प्राकृतिक चिकित्सा पद्धति सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।
आयुर्वेदिकलाई विश्वकै प्राचीन चिकित्सा पद्धतिका रूपमा चिनिन्छ । यो चिकित्सा पद्धति मानव स्वस्थ शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्दछ । खासगरी आयुर्वेदमा वाथ, पित्त र कफको सन्तुलन हुन नसक्दा रोग लाग्ने विश्वास गरिन्छ ।मानव जीवनलाई स्वस्थ एवं शान्त राख्न यसले योग, पञ्चकर्म र क्षारसूत्रको प्रवद्र्धनमा जोड दिने गर्दछ । हाम्रो आहार–विहार, सोच र दिनचर्यालाई सही राख्न विशेष जोड दिने प्राकृतिक चिकित्सा पद्धतिलाई सरकारी तहबाटै बेवास्ता गरिएको भन्दै पछिल्लो समयमा त्यसबारे आवाज उठ्न थालेका छन् ।&
महामुनि कपिलको नामबाट चिनिने प्राचीन कपिलवस्तु अनेकौं चिन्तक, साधकका साथै दार्शनिकहरूको जम्मभूमि, कर्मभूमि र साधना क्षेत्रको रूपमा परिचित भएको पाइन्छ । सो क्षेत्र अन्तर्गत सैनामैना पनि सुपरिचित छ । एशियाका तारा वा बुद्धधर्मका प्रतिपादक सिद्धार्थ गौतम बुद्धको इ.पू. ५६३ मा लुम्बिनीमा जन्म हुनु नेपालको लागि गौरवको विषय हो । विभिन्न कालखण्डमा विभिन्न शासकहरूबाट शासन भएता पनि हाल रूपन्देही जिल्लाका स्थानीय तहरूमध्ये सैनामैना नगरपालिका महत्त्वपूर्ण विशेषता र पुरातात्त्विकक सम्पदाका रूपमा रहेको छ । सैनामैना क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विकक धरोहरको रूपमा चिनिएको छ । सैनामैना नगरपालिका शान्तिका अग्रदूत तथा एशियाका तारा गौतम बुद्धको जन्मस्थलदेखि करिब १५ किलोमीटर उत्तर मनोरम चुरे पहाडको काखमा रहेको छ । पर्रोहा र दुधराक्ष गाविस एक आपसमा गाभिन गई २०७१ साल वैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पुनःसंरचनापश्चात् साविकको सालझन्डी गाविस गाभिन गई बृहत् सैनामैना नगरपालिका स्थापना भएको पाइन्छ । सैनामैना नगरपालिका १६२.१८ वर्ग किमि क्षेत्रफलमा फैलिएको भूगोललाई स्थानीय सेवा प्रवाहको पहँुचका दृष्टिले ११ वटा वडा कायम गरी प्रशासनिक संरचना स्थापना भएको पाइन्छ ।
वि.सं. २०७८ सालको प्रारम्भिक जनगणनाको नतिजा अनुसार सैनामैना नगरपालिकामा महिलाको जनसंख्या ४१ हजार ९३० र पुरुषको जनसंख्या ३६ हजार ५४७ रहेको छ भने कुल जनसंख्या ७८ हजार ४७७ रहेको पाइन्छ ।
अर्धशहरी क्षेत्रको रूपमा रहेको सैनामैना नगरपालिकामा व्यापार, उद्योग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्त्वका क्षेत्रहरू रहेका छन् । यस नगरपालिकाको दक्षिण भागमा बहुसंख्यक आदिवासी थारू जातिको बसोबास रहेको छ भने उत्तरी भेगमा मिश्रित रूपमा विभिन्न जातजातिहरूको बसोबास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विकक महत्त्वका स्थलहरू रहेको यस नगरपालिकाको गहनाको रूपमा ऐतिहासिक पुरातात्त्विकक सैनामैना क्षेत्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठमन्दिरहरू, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि रहेका छन् ।
यस नगरपालिकाको अधिकांश क्षेत्र खेतीयोग्य अति उर्बर जमीनले ओगटेको भए पनि पछिल्ला वर्षहरूमा सहरीकरणको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । यहाँ भएका प्रमुख नदीहरूमा घमाहा खोला, सुकौली खोला, बौराहा खोला, तुलबुलिया खोला, इङ्गुरिया खोला, बनरहवा खोला रहेका छन् ।
धार्मिक स्थलहरूमा पर्रोहा परमेश्वर धाम, मलमला धाम, किराँतेश्वर महादेव मन्दिर, कोटिया थान, कर्साघाट तीर्थक्षेत्र, कोटियामाई मन्दिर, लखनपारा, भैरवनाथ मन्दिर, दुर्गामन्दिर मुर्गिया, रैनादेवी मन्दिर, कालमोचन मन्दिर, दुर्गामन्दिर रामापुर, बुद्धबिहार, बुद्ध सालिक, दुर्गाभवानी मन्दिर बनकट्टा आदि रहेका छन् । त्यसैगरी पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग शिवालय बोलबम धाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । भाषा, कला, संस्कृति र परम्पराहरूमा थारु होमस्टे उचडिहवा, गोरवाल कोटियार्मा थान, सत्चिन्तन सामुदायिक प्रतिष्ठान रामापुर, लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय, पदमपाणि आश्रम तथा प्राकृतिक चिकित्सा पद्धति, डिउहार मुडाबाबा, सरोली कुटी आदि यहाँका चिनारी हुन् ।
यसरी यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदामा धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि हुन सकेको छैन । यहाँ पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा हुँदै पनि यो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । आन्तरिक पर्यटक पनि प्रशस्त मात्रामा आएको देखिँदैन । यसबाट प्रष्ट हुन्छ, उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक तथा धार्मिक सम्पदाका कारण सैनामैना क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटनको विकास र यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न र त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न अनि पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन बजेटको अभावमा सकिएको छैन । त्यसैले, सैनामैना क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित पर्यटकीय गुरुयोजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुन सक्छ । सैनामैना नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विकक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य स्रोत र साधनले भ्याएसम्म गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।
डा. अधिकारी गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।
युर्वेद संस्कृत भाषाबाट निःसृत भएको शब्द हो । यसको प्रख्याति यति छ कि विश्वमा आयुर्वेदलाई नचिन्ने र नबुझ्ने शायदै छन् । यद्यपि यसलाई सम्बोधन गर्न‘पर्दा आआफ्नो भाषामा विभिन्न शब्द चयन हुन सक्छ । आयुर्वेदको अर्थ हुन्छ मानिसको आयुको रक्षा गरी स्वस्थ राख्ने प्राचीन प्रणालीसम्बन्धी ज्ञानको भण्डार । आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धति हो ।
जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा शनिबार धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।