काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मूल्यमा १ रुपैयाँ घटाएको छ।भारतबाट पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।प्राप्त विवरण अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएक