३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार ४ सय ९४ छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थनलाई अतिसंवेदनशीलमा राखेको छ