कपिलवस्तुमा अवैध रूपमा भित्र्याइएका कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले...

सम्बन्धित सामग्री

अवैध रुपमा भित्रिएको पाँच लाखबराबरको कुखुराको चल्ला नष्ट

सशस्त्र प्रहरी बलले मंगलबार बिहान बरामद गरेको अबैध कुखुराको ७६ कार्टुन चल्ला नस्ट गरिएको छ। वीरगन्ज महानगरपालिका– ३२ टेढा रामवन सडकखण्डबाट बरामद अबैध कुखुराको चल्ला सशस्त्र प्रहरी बलले नस्ट गरेको हो। कुखुरा...

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ । सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले आर्थिक अभियानसँग भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । आफैले आत्मनिर्भर घोषणा गरेको व्यवसायलाई पुन: स्थापना गर्न सरकारले खासै चासो नदिएको उनको गुनासो छ । उत्पादन लागत पनि उठाउन मुश्किल परेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘त्यसैले ब्याजको पूँजीकरण गरेर साँवाब्याज तिर्ने अवधि लम्ब्याउनुपर्छ,’ महासचिव मिश्रले भने । संकटको अवस्थामा व्यवसाय सञ्चालन गर्न बाध्य बर्डफ्लुपीडित २ सय ९९ कुखुरापालक किसानले वर्ष दिनअघि नै साढे ५८ करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्नेमा हालसम्म पाएका छैनन् । आफ्नो पीडामा मल्हम लगाउन सरकारले समेत चासो नदिएको किसानको दुखेसो छ । पोल्ट्री व्यवसायमा भइरहेको उतारचढावको असर उपभोक्तासम्म नै परेको छ । कच्चा पदार्थको चर्को मूल्यका कारण किसानले कुखुरा पाल्न छाडेपछि बजारमा कखुरा अभाव हुन गई महीना दिन अघिसम्म ३ सय ३० रुपैयाँ किलो पर्ने ब्रोइलर कखुराको मासुको मूल्य अहिले बढेर ३ सय ६० रुपैयाँ पुगेको मासु व्यवसायी संघले बताएको छ । अण्डाको फार्म मूल्य बढ्यो उपभोक्ता मूल्य घट्यो अण्डाको फार्म मूल्य बढेको छ भने उपभोक्ता मूल्य घटेको छ । बजारमा बिचौलिया हाबी भएपछि आफ्नो लागतअनुसारको मूल्य नपाएका अण्डा उत्पादक किसानको पहलमा नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि अण्डाको किसान मूल्य बढाएको हो । बढेको मूल्यअनुसार किसानले प्रतिगोटा अण्डाको १० रुपैयाँ १६ पैसा पाउनेछन् । यसअघि किसानले पाउने प्रतिगोटा मूल्य ८ रुपैयाँ २५ पैसा थियो । किसानले पाउने मूल्य बढे पनि उपभोक्ता मूल्य भने घटाइएको नेपाल अण्डा उत्पादक संघका महासचिव प्रवीण केसीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य १५ रुपैयाँ पर्ने गरेकोमा अब १३ रुपैयाँ पर्नेछ । किसानसँग भएको अण्डा विक्री हुनै छाडेपछि यस्तो गर्नुपरेको केसीले बताए । बिचौलियाले अवैध रूपमा भारतबाट अण्डा भित्र्याउँदा नेपाली किसान मर्कामा परे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न चासो नदिएको उनले गुनासो गरे ।

कपिलवस्तुमा १५ सय अवैध कुखुराका चल्ला नष्ट

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ । सोमबार १५ सय कुखुराका चल्ला चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको हो । कृष्णनगर-१२ बेदर्मीको बाटो हुँदै नेपाल छिर्दै गरेको सूचनाकाे आधारमा सोमबार बिहान साढे ७ बजे चल्ला चल्लालाई प्रहरीले नियन्त्रणमा लिएर सुरहि खोलामा नष्ट […]

अवैध १ हजार ८ सय ब्रोइलर कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको […]

कुखुराका चल्ला नष्ट

चन्द्रौटा । कपिलस्तुको कृष्णनगरमा कुखुराका चल्ला नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको २५