बागमती प्रदेशको नीति आयोग उपाध्यक्षमा पन्त

बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा एक कार्यक्रम बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट फेसियल डिसेन्ट्रीलाइजेशन, पब्लिक सर्भिस डेलिभरी एण्ड प्रोपर्टी विषयमा विद्

सम्बन्धित सामग्री

प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशको रिक्त उपाध्यक्ष पदमा चितवनका हरिप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा नवीन घतानी चयन

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेशको अध्यक्षमा नवीन घतानी चयन भएका छन् । समाजको प्रथम सम्मेलनबाट बागमती प्रदेश आयोजक कमिटी सदस्य रहेका सिन्धुपाल्चोकका घतानीको अध्यक्षमा ७७ सदस्यीय बागमती प्रदेश समिति गठन भएको हो । उपाध्यक्षमा सन्तबहादुर विक (चितवन) र नारायण दुलाल (नुवाकोट) सचिवमा रामचन्द्र मिजार (धादिङ), उपसचिवमा किरण […]

भेटेरिनरी एशोसिएशनको बागमती प्रदेश अध्यक्षमा डा. तिवारी

चितवन । पशु चिकित्सकहरूको पेशागत संस्था नेपाल भेटेरिनरी एशोसिएशन बागमती प्रदेशको अध्यक्षमा डा. दीपक तिवारी चयन भएका छन् ।  शनिवार सौराहामा सम्पन्न एशोसिएशनको तेस्रो अधिवेशनबाट अध्यक्षमा डा. तिवारी चयन भएका हुन् । अधिवेशनले तिवारीसहित ११ जनाको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डा. निमेष खनाल, सचिवमा डा. पवन आचार्य, सह–सचिवमा डा. हरि अधिकारी र कोषाध्यक्षमा डा. कला पन्त चयन भएका छन् ।  समितिको सदस्यहरूमा डा. सरोज विष्ट, डा. आशुताष भट्ट, डा. पूजा बराल, डा. अनिश पाठक, डा. अनुप श्रेष्ठ र डा. सुवास मैनाली चयन भएका हुन् ।

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ […]

नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्षमा पुरी निर्वाचित

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिवार काभ्रेको धुलिखेलमा भएको प्रथम अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा प्रकाश खड्गी र सुमन पाण्डे, महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापा मगर निर्विरोध निर्वाचित भए । यसै गरी सदस्यहरूमा फिरोज श्रेष्ठ, कविराज माली, भास्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङतान निर्विरोध निर्वाचित भए । संघको श...

बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना, सर्वसम्मत नयाँ नेतृत्व चयन

बागमती प्रदेशमा 'बागमती प्रदेश उद्योग परिसंघ' स्थापना भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरेका हुन् । प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए  । उनले औद्योगिक विकास विना अर्थतन्त्रको दीगो विकास असंभव रहेको बताए  । नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको रूपमा विकास गर्न परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको भन्दै उनले यस अभियानलाई सफल बनाउन प्रदेशका सम्पूर्ण उद्योगीहरूलाई आग्रह गरे । परिसंघले सबै किसिमका उत्पत्तिको प्रमाणपत्र जारी गर्न थालेको भन्दै उनले प्रदेशले पनि अब उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उल्लेख गरे । कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले हरेक प्रदेश र औद्योगिक घनत्व धेरै भएका जिल्लाहरूमा परिसंघले आफ्नो उपस्थिति बढाउँदै जाने उल्लेख गरे। बागमती प्रदेश उद्योग परिसंघका निवर्तमान अध्यक्ष ऋषिराम घिमिरेले प्रदेश कार्यालय स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । मकवानपुरमा रहेको प्रदेश कार्यालयले बागमती प्रदेशभित्रका जिल्लाहरूमा उपस्थिति बढाउने परिसंघले जनाएको छ। यसैगरी प्रदेशमा सहज औद्योगिक वातावरण सिर्जना गर्न प्रदेश कार्यालयले भूमिका खेल्ने जनाएको छ। सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयनबागमती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षहरूमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट रहेका छन्। प्रदेश उद्योग परिसंघको सदस्यहरूमा शरदचन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, श्रृजन कोइराला, स्वागतराज प्याकुरेल, श्रीहरि मास्के, सुयशराज पराजुली र दुर्गाप्रसाद भण्डारी सदस्य छन्। यसैगरी डा. प्रमोद लामिछाने, राजेन्द्रप्रसाद रिजाल, धिरजकुमार कार्की, विष्णुप्रसाद पौडेल, दिवस न्यौपाने र बद्रीनाथ शर्मा सदस्य रहेका छन्। साधारणसभामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले औद्योगिक क्षेत्र विकासको काम अघि बढाउने उल्लेख गरिन्। उनले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानमा प्रदेश सरकारको साथ रहने जानकारी पनि गराईन्। मुख्यमन्त्री शाक्यले लघु, घरेलु तथा सना उद्योगको विकासमा प्रदेश सरकारले काम गर्ने पनि बताईन्।

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेतलाइलाई चयन गरेकाे हाे ।...

बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा चौलागाईं

४ असार, काठमाडौं । बागमती प्रदेशको ‘प्रदेश युवा परिषद’को उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाईं नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन्। युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले […]

बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त

हेटौंडा : बागमती प्रदेशको युवा परिषद् उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त भएका छन्। चौलागाईंले शुक्रबार पद तथा गोपनीयतको शपथ लिएका छन्। उनलाई बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले शपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो।