प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जित निकालेका हुन् ।बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसदको यात्रा तय गरेका हुन् । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जितेका थिए । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसदमा पुगेका थिए ।अहिलेको निर