कैलाली – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि आज बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।
कांग्रेका नारायणदत्त मिश्र खुलामा विजयी हुँदा प्रदेश र स्थानीय तहतर्फ समान १ हजार ८ सय ७२ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभा...