सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ, २४ जेठ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक पोखरेलले शेयर सदस्यबाट लिएको रकम […]

सम्बन्धित सामग्री

सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ- साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल  अधिकारीविरुद्ध लिखतबमोजिमको रकम दिलाइ भराइ पाऊँ भनी जिल्ला अदालतमा दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । विसं २०६९ देखि सहकारीको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धक...

हिनामिना गरेको सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेश

धादिङ। साना किसान कृषि सहकारी संस्था सुनौलाबजारका कृष्णबहादुर श्रेष्ठ समेत १३ जनाले सहकारिका प्रबन्धक लीलादेवी पोखरेल अधिकारीविरुद्ध लिखत बोजिकमको रकम दिलाइ भराइ पाउँ भनी जिल्ला अदालत दिएको मुद्दाको पक्षमा फैसला गरेको छ । ०६९ देखि सहकारिको हिसाब मिलान नभएको र सहकारी घाटामा गएको देखाएर सहकारीका प्रबन्धकले सेयरसदस्यहरुबाट लिएको रकम हिनामिना भएको भन्दै सहकारकिा तर्फबाट ०७८ […]

के लत बस्यो आत्महत्याको, कहिले सुधार हुन्छ?

घटना -१ सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे । परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्द...

के लत बस्यो आत्महत्याको, कहिले सुधार हुन्छ?

घटना -१ सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे । परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्द...

सेयर बजार र घरजग्गामा लगानी गर्दा धमाधम ‘डुब्दै’ छन् सहकारी

काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका रामबहादुर गौतम अहिले कहाँ छन् कसैलाई पत्तो छैन । किनकी, काठमाडौँ १४ कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनी सम्पर्कबिहीन भएको दुई हप्ता भयो । उक्त सहकारी संस्थामा २ हजार ५ सय बढी बचतकर्ताको ७ अर्ब बढी निक्षेप रकम जम्मा थियो । अब बचतकर्ताको उक्त रकम जोखिममा परेको छ । आफूले राखेको बचत जोखिममा परेपछि बचतकर्ताहरु गत हप्तादेखि सहकारी विभागमा धाईरहेका छन् । हालसम्म १ हजार २ सय बढी बचतकर्ताले विभागमा उजुरी दिईसकेका छन् । यी हुन् २ ‘हाई प्रोफाइल एक्जाम्पल’बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने भएपछि सञ्चालकहरु फरार भएको यो नै पहिलो घटना भने होइन । हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विषयमा सहकारी विभागमा उजुरी परिसकेको छ । देशभर रहेका ३० हजार बढी सहकारीको नियमन गतिलो नहुँदा सहकारीका सञ्चालकले आफूखुशी सेयर बजार र घरजग्गामा लगानी गर्दा सहकारीहरु डुब्ने गरेको देखिएको विभागको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।विशेषगरी ठूला र कहलिएका व्यवसायीले चलाएका सहकारीहरुले घरजग्गामा लगानी गर्दा बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुग्ने गरेका केही उदाहरणहरु छन् । जसको चर्चित उदाहरण हो सिभिल सहकारी । संविधानसभा सदस्यसमेत रहेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलाएको यो सहकारी खुब चलेको सहकारी थियो । तर, तामाङको महत्वकांक्षाले सहकारी मात्रै डुबेन, तामाङ स्वयम् हाल थुनामा छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ असोज ८ गते पक्राउ गरेर उनीविरुद्द ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा चलायो । अदालतले पुर्पक्षको लागि थुनामा पठायो । हाल पनि मुद्दा चलिरहेकै छ । त्यस्तै, बचतकर्ताको रकम दिन नसक्ने गरी टाट पल्टिएको अर्को ‘हाई प्रोफाइल’ व्यक्तिले चलाएको सहकारी हो ओरियन्टल सहकारी । सुधिर बस्नेतले चलाएको यो ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । तर, २०७६ को फागुनमा सर्वोच्चले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै उक्त सहकारीको दायित्व फरफारक गर्ने दायित्व सञ्चालक सुधिरकै भएको फैसला गरेको थियो । त्यसपछि २०७७ साउनबाट ब्यूँतिएको भएपनि अझैसम्म ओरियन्टल पीडित सबैले पैसा पाईसकेका छैनन् ।किन डुब्छन् सहकारी ?यी दुई ठूला सहकारी डुब्नुमा घरजग्गा कारोबारमा गरिएको लगानी नै मुख्य कारक रहेको पाईन्छ । आफूले गर्दै आएको घरजग्गा तथा अपार्टमेन्ट निर्माणको कामबाट मनग्य आम्दानी हुने भएपछि सिभिलका इच्छाबहादुर र ओरियन्टलका सुधिरले आफूले चलाईरहेको सहकारीमा बचतकर्ताबाट संकलन भएको रकम घरजग्गामै खन्याए ।तर, राष्ट्र बैंकले यस्तो कर्जामा सीमा लगाईदिएपछि इच्छाबहादुर र सुधिरको व्यवसायिक साम्राज्य गर्ल्याम गुर्र्लुम्मै ढल्यो ।‘जतिसक्दो चाँडो धेरै नाफा हुने क्षेत्र खोज्दा अहिले अधिकांश सहकारीले घरजग्गा र सेयर बजारमा लगानी गरेका छन्’,सहकारी विभागका एक अधिकारी भन्छन्, ‘कोरोनाको बेलामा सहकारीहरुले पनि सेयरमा लगानी गरेको पाइएको छ । त्यतिबेला सेयर बढिरह्यो । तर, एक्कासी ह्वात्तै घटेपछि समस्यामा परे । सँगै, घरजग्गामा पनि त्यस्तै भयो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कारोबारमा मन्दी आएको छ । त्यसैले सहकारीहरु समस्यामा पर्न थाले ।’गाउँका भन्दा पनि शहरी इलाकाका सहकारीहरुले बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगानी गरेका छन् । यस्ता सहकारीहरु क्रमशः यसैगरी समस्यामा पर्ने विभाग स्रोत बताउँछ ।तर, हालै मात्रै बचतकर्ताको पैसा तिर्न नसकेर फरार भएका गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमको भने आयात र कृषिबाहेक अन्यत्र के के मा लगानी थियो भन्ने अनुसन्धान भईरहेको छ ।

बजेट वक्तव्यको बुँदा नं. ८१ : हदबन्दी छुटको २ लाख रोपनी जग्गामाथि कुदृष्टि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार, अहिले देशभरि १६७ कम्पनी तथा संस्थाले हदबन्दी छुटमा करिब दुई लाख रोपनी जग्गा राखेका छन् । भर्खरै बजेट वक्तव्यले ‘रुग्ण उद्योगले जग्गा बेच्न पाउने’ भन्नुको सोझो सम्बन्ध यही जग्गासँग छ ।

मनकारी डाक्टर, जसले तिरिदिए किसानको दुई लाख ऋण

आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे ।

बारीमै कुहियो तरकारी

दलचोकीका श्याम तामाङले ३ रोपनी जमिन भाडामा लिएर व्यावसायिक पशुपालन र तरकारी खेती गरेको ६ महिना मात्र भयो । व्यवसाय गर्न परिवारसँग मिलेर सहकारी संस्थाबाट लिएको २ लाख रुपैयाँ ऋण आधा पनि तिर्न सकेका छैनन् ।