पुस १८, काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।
ती दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेसँगै पुस १९ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सिभिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा आम्रपाली व्याक्वेंट बालुवाटार काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
त्यसैगरी रिलायन्स फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते मुख्य कार्यालय प्रर्दशनीमार्ग, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको जानकारी दिएको छ ।