सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै