वीरगंज : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगंजस्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान नारायणीलाई सहयोग गरिएको हो।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो।…