सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।  अस्पतालमा मङ्गलबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।

सम्बन्धित सामग्री

२७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकद्वारा ७० लाख बराबरको सहयोग

जेठ २२, काठमाडौं । विदेशी संयुक्त लगानीमा सञ्चालित नेपाल बंगलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।  उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरीद गर्ने समेत बैंकले बताएको छ ।  यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ ओटा शाखा, ८ ओटा एक्सटेन्सन काउन्टर तथा ८१ ओटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

आइएमई फाउन्डेसनद्वारा स्वास्थ्य उपकरण प्रदान

जेठ १८, काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करीब  ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रक्रममा  स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०/ २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । यसैगरी फाउन्डेसनले विभिन्न समूदायहरुद्वारा सञ्चालित आईसोलेशन सेन्टरलाई १५ ओटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।  यसअघि पनि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा  मृत्यु भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करीव १०० जना प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँका  दरले राहत उपलब्ध गराएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।