काठमाडौं महानगरले विभिन्न ठाउँमा गरिने पार्किङका लागि शुल्क निर्धारण गरेको समाचार आएको छ । काठमाडौंमा पार्किङ निकै ठूलो समस्या बन्दै गएको छ । सवारीसाधन घरमा मात्रै राख्ने भन्ने हुँदैन । बजार जाँदा त्यसलाई पार्किङ गर्ने स्थान आवश्यक हुन्छ तर नेपालमा मलहरूले सानासाना पार्किङ राखेका छन् र महानगरले पार्किङ स्थल बनाएको छैन । भाटभटेनीले बहुतले भर्टिकल पार्किङ बनाएको छ । यस्तो पार्किङ महानगरले विभिन्न ठाउँमा बनाएको भए उसले पार्किङ शुल्क लिनु उपयुक्त हुन्थ्यो । तर, सडकमै पार्किङ गर्न लगाउने अनि पार्किङ शुल्क किन लिने ?
माधव बस्नेत
हाँडीगाउँ, काठमाडौं ।