काठमाडौं : मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङ २ हजार ५७७ मत पाउँदै विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। छोपाङले २ हजार २४७ मत पाएका छन्।०७४ मा एमालेका गुरुङ विजयी भएका थिए। ०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएर पराजित भएका थिए। उनी ०७० मा संविधानसभा सदस्य बनेका थिए।