सरकारले मंगलबार संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नेछिन् । यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको छ । संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरिएको छ ।राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा तुल्याइएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरी सदनले पारित गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्छ । &n