नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई फिर्ता गरेर राष्ट्रपतिले विवेकहीन निर्णय गरेको सत्तारुढ दल नेपाली काँग्रेसले ठहर गरेको छ । काँग्रेस संसदीय दलकी प्रमुख सचेतक चित्रलेखा यादवले राष्ट्रपतिको कदमको आफ्नो पार्टीले प्रतिवाद गर्ने पनि बताइन् ।रातोपाटीसँगको संक्षिप्त कुराकानीमा यादवले भनिन्, ‘ नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले गलत गर्नुभयो । वर्षौँदेखि नागरिकता नपाएकाहरुलाई नागरिकता पाउने गरी सरकारले कानुन बनाएर पठाएको थियो । त्यो फिर्ता पठाउनु उहाँको विवेक