दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा तोडफोड गरेको आरोपमा बिहीबार दिल्ली प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआईले स्रोतलाई उद्धृत गर्दै यो मामिलामा अन्य व्यक्तिको पनि गिरफ्तारी हुनसक्ने बताएको छ । प्रहरीले यसका लागि टिम पनि पठाएको छ ।बुधबार भारतीय जनता युवा मोर्चाले कथित रुपमा मुख्यमन्त्री केजरीवालको निवासमा विरोध प्रदर्शन गर्दै तोडफोड भएको थियो । युवा मोर्चाका प्रमुख तथा सांसद तेजस्वी सुर्याले भनेका छन्, ‘द कश्मिर फाइल्स’ फिल्मको विषयमा अरविन्द केजरीवालको ब