२० जेठ, काठमाडौं । सरकारले नेपालमा दर्ता भएका रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ । पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम छन् । यो स्तरमा पछिल्लो दुई वर्षयता नयाँ रिसोर्ट थप भएका छैनन् । सरकारले गोकर्ण र चन्द्रागिरिलाई २०७७ सालमा लक्जरी रिसोर्टको मान्यता दिएको […]