चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो।
चन्द्रागिरि हिल्सले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै प्राविधिक समस्या नभएको जनाएको छ ।कम्पनीले पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो ।पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या […]
चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ । वर्ष दिन भरी सञ्चालन गर्ने लक्ष्यसहित हिल्स दसैँमा पनि बन्द नहुने भएको हो । हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘चन्द्रागिरि दसैँको अष्टमी, नवमी र दशमीमा पनि पूर्ण क्षमतामा चल्छ ।’उनले कम्पनीका क