सोमबारदेखि परेको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङ प्रभावित बनेको छ । निरन्तर भारी वर्षासँगै मस्र्याङदी नदिमा आएको बाढिको कारण मनाङको सदरमुकाम चामेका केहि घरहरु र नासोङ गाउँपालिका–१, ताल गाउँ डुवानमा परेको छ ।मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामीछानेका अनुसार विभिन्न खोलाहरुमा ठूला ढुँगाहरु सहित आएको बाढीले मस्र्याङदी नदिको बहाव थुनिँदा सदरमुकाम चामेका पाँच घरहरु […]