काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै पनि राजनीतिक शक्ति संविधान बाहिर नरहेको बताएका छन्। ज्ञवालीले आज ट्वीट गर्दै पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको गरेका छन्। उनले भनेका छन्, ‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र