म्याग्दी : अन्नपूर्ण गाउँपालिका-१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरू गरिएको छ।संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो। गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले अपांगमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरू गरिएको जानकारी दिए।‘आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन