पाल्पा - नवलपरासीको बुलिङटार गाउँपालिकामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउने र घाइते भएकाहरुको पहिचान खुलेको छ । बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा रम्भा गाउँपालिका- १ हुँगीका अन्दाजी ४१ वर्षीया तारा विक, अन्दाजी १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवि गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फूलमायाँ माझी रहेका छन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छ...