पारालम्पिकमा तेक्वान्दो खेलाडीलाई वाइल्ड कार्ड

विश्व खेलकुदको महाकुम्भ पारालम्पिकको यस संस्करणमा नेपाल पारा तेक्वान्दोका खेलाडीले पहिलो पटक प्रतिस्पर्धा गर्न पाउने भएका छन्।...

सम्बन्धित सामग्री

पारालिम्पिक : पारा तेक्वान्दो टोली टोकियो प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो टोली टोकियो प्रस्थान गरेको छ । यसपटक पारालिम्पिकमा नेपालको तर्फबाट पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले के-४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । टोकियो जाने टोलीमा पारा तेक्वान्दोका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँगै थप ३ अफिसियल टोकियो जाँदैछन् । वाइल्ड कार्ड प्राप्त […]

पारालिम्पिक टोलीलाई केल्मीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई प्रायोजन गरेको छ । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले प्याराल्याम्पिक्सका लागि वाइल्ड कार्ड प्राप्त […]

टोकियो ‌ओलम्पिकमा नेपालका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने

साउन ६,  काठमाडौं । जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार ओटा खेलमा पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।             यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।             एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले १०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।             सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।             जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।             पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा ९विश्वव्यापी सहभागिता० बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।             त्यस्तै जलपरी गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।             समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।             नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।             यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ ओटा खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।             यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् । रासस

पलेशाबाट पदकको आशा

पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पु¥याएका प्रशिक्...

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भएता पनि सुटिङ, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत् सहभागिता जनाउने भएको हो ।

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्रा

ओलम्पिकमा सुटिङले पायो वाइल्ड कार्ड, अन्य खेलको सम्भावना न्युन

काठमाडौं। जापानको टोकियोमा हुने ओलम्पिक सुरु हुन ठ्याक्कै एक महिना बाँकी हुँदा नेपालबाट चार खेलाडीको सहभागितामात्र टुंगो लागेको छ। पौडीका गौरिका सिंह र एलेक्स गाडेगार्ड शाह तथा एथलेटिक्सका गोपीचन्द्र पार्कीले युपीएस सिस्टमबाट र सुटिङकी कल्पना परियारले वाइल्ड कार्डबाट स्थान पक्का गरे। एनओसीले आर्चरी, कराते, तेक्वान्दो, भारोत्तोलन, बक्सिङ र जुडोगरी अन्य १० खोलडीको सिफारिस गरे पनि सम्भावना अत्यन्तै न्यून छ।

पलेशाले पाइन्  प्यारालिम्पिक्सको वाइल्ड कार्ड

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी छिन् । यससँगै उनले अर्का महिनाबाट जापानको टोकियो सहरमा आयोजना हुने पारा ओलम्पिक खेल्ने निश्चित भएको छ ।  नेपाल तेक्वान्दो...