ओलम्पिकमा भरतसिंहले पाए वाइल्ड कार्ड

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पेरिस पारा ओलम्पिक खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुनेछ । उनले वाइल्ड कार्ड कोटाबाट ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । उनी के४४ विधाको ५८ केजीमुनिको तौल समूहका खेलाडी हुन् ।

सम्बन्धित सामग्री

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए 'वाइल्ड कार्ड' - NepaliPatra

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा अगस्ट २८ देखि सेप्टेम्बर ८ हुनेछ । वर्ल्ड पारा स्विमिङका प्रमुख क्रेग निकोलसनले नेशनल पारा ओलम्पिक कमिटी– नेपाललाई पत्र लेख्दै कुमालले पेरिस पारा ओलम्पिक खेल्ने जानकारी गराएको हो । भीमबहादुर पुरुष ५० मिटर फ्री–स्टाइल एस–९ […]

पेरिस पारालिम्पिकका लागि भीमबहादुरले पाए ‘वाइल्ड कार्ड’

१६ असार, काठमाडौं । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक खेल्ने भएका छन् । भीमबहादुरले पारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेका हुन् । वर्ल्ड पारा स्वीमिङले नेशनल पारा ओलम्पिक कमिटीलाई सम्बोधन गरेर पत्र लेख्दै भीमबहादुर …