जनकपुरधाम । सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा जारी रहने भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका– ५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो।