आगामी वर्षको बजेट बनाउन जुट्यो बागमती सरकार

हेटौंडा : तीन महिना पुग्न लाग्दासम्म संसद् चलाउन नसकेको बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७९-८० को लागि बजेट निर्माणमा जुटेको छ।पुस ८ गतेदेखि अवरुद्व संसद बस्न नसकिरहेको अवस्थामा बजेट अधिवेशन सुरु नै नगरी प्रदेश सरकार आगामी आवको बजेट निर्माणमा जुटेको हो।बजेट निर्माण प्रक्रिया सुरु गरिसकेको प्रदेश सरकारले ऐन कानुन निर्माण गर्ने हिउँदे अधिवेशनको संसद बैठक चलाउन सकेको छैन। जसले गर्दा सरकारको काम कार्यान्वयन गर्न महत्वपूर्ण रहेको ऐन बन्न  सकेका छैनन्।फागुन २९ गतेको लागि संसद् बैठक बोलाइएक