एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गरे । यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ ल

सम्बन्धित सामग्री

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]

थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौँ, २ फागुन: नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आइपुगेको छ। बेलायतबाट कोभ्याक्स सुबिधाअन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप नेपाललाई प्राप्त भएको हो। बेलायतले कोभ्याक्स सुविधाबाट २१ लाख ७४ हजार १६० डोज खोप पठाएको हो। जसमध्ये ८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ। […]

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ […]

चीनबाट थप एक लाख डोज खोप आइपुग्यो

छिमेकी मुलुक चीनबाट आज थप एक लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

थप ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ । आज […]

थप आठ लाख खोप नेपाल आइपुग्यो

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

काठमाण्डौं आइपुग्यो थप ८ लाख डोज भेरोसेल खोप

काठमाण्डौं। आज चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाण्डौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भोली शुक्रबार पनि खोप लिन जहाज चीनतर्फ जाने बताए। उनले थप ८ लाख डोज खोप लिन जहाज पुनः भोली बेइजिङ जाने र आइतबार खोप ल्याउने बताएका हुन्।

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । निगमको बिमानले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप लिन बिमान शनिबार फेरि बेइजिङ जाने छ । चीनको […]

चीनबाट थप ८ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौं :  चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आइपुगेको छ। खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान दिउसो २ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गरेको हो।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाका अनुसार हाल खोपलाई विमानस्थलमा रहेको भण्डार कक्षमा स्टोर गर्न लागिएको छ। उनले भने ' खोप आइपुगेको छ, हामीले यही भण्डार गर्न लागेका छौँ, यहीबाट वितरण हुन्छ।'निगमकाे विमानले आगामी आइतबारसम्म तीनवटा उडान गरी कम्तिमा २४ लाख डोज खोप काठमाडौं ल्या