काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुरले आज (शुक्रबार) का लागि तय गरेको हिन्दी विषयको प्राध्यापक र सह-प्राध्यापकको अन्तरवार्ता स्थगित भएको छ।आयोगले नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिभुवन विश्वविद्यालय (त्रिवि) समिति र नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालयले सेवा आयोगको कार्यालय, विज्ञान डिन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय ताला लगाएपछि अन्तरवार्ता स्थगित भएको हो।सेवा आयोगका अनुसार असोज १४ गतेदेखि १९ गतेसम्म सेवा आयोगको कार्यालय कीर्तिपुरमा सन्चालन गर्ने