निरन्तरको वर्षाले धान र कोदो बालीमा क्षति

ताप्लेजुङमा निरन्तरको वर्षाले किसानले लगाएको धान तथा कोदो बालीमा क्षति पु¥याएको छ । दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र वर्षाले पाक्न लागेको धान साथै कोदो बालीमा नराम्ररी क्षति पु¥याएको हो ।

सम्बन्धित सामग्री

अबदेखि खाद्यबालीको पनि बीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ ।   यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् । बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ । अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउनेछन् । बीमा अवधिमा आत्महत्याबाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन: ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट बीमितले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् । एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । धान र कोदो बालीको हकमा रोपेको ३० दिनभित्र बीमा गरिएको हुनुपर्नेछ । मकै, गहुँ र जौ बालीको हकमा बीउ छरेको ७ दिनपछि ३० दिनभित्र बीमा गरेको हुनुपर्नेछ । प्राधिकरणले बीमालेखअनुसार धान, मकै र गहुँ बालीको हकमा बीमांक रकमको ५ प्रतिशतका दरले तथा जौ र कोदो बालीको हकमा बीमांक रकमको ३ प्रतिशतका दरले बीमाशुल्क कायम हुने व्यवस्था गरेको छ । शिखर इन्स्योरेन्सका कृषि तथा लघु बीमा शाखाका सहायक प्रबन्धक सार्थकराज पाण्डे खाद्यबालीको उत्पादनको आधारमा बीमालेख जारी हुने भएसँगै किसान उक्त बीमालेखबाट लाभान्वित हुने बताउँछन् । ‘हालसम्म खाद्यान्न बालीको लागतको आधारमा मात्र बीमालेख जारी हुन्थ्यो, जसका कारण बालीमा क्षति हुँदा किसानले गुमाएको लगानी उठाउन सम्भव थिएन । अब उक्त बीमालेख कार्यान्वयनमा आएसँगै किसानको उत्पादनको पनि सुरक्षा हुन्छ,’ उनले भने, ‘साथै किसानको कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरी, एक वा दुवै हातको नाडीमाथि पूरै हात काम नलाग्ने भएमा, दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट किसानले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् । त्यसैले बीमालेखले किसानको उत्पादनका साथै ज्यानको पनि सुरक्षा हुन्छ ।’

वर्षाका कारण बाजुरामा दुई करोडभन्दा बढीको अन्नबालीमा क्षति

बाजुरा– गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार दुई करोड ७१ लाख २५ हजार ५५० रुपैयाँ बराबरको बालीमा क्षति भएको हो। […]

बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति

गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।  कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो ।  केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए । उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भए

बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै

बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुंगाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।

बेमौसमी वर्षाले सोलुखुम्बुमा २७ प्रतिशत धान र कोदो बालीमा क्षति

बेमौसमी वर्षाका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत क्षेत्रको अन्नबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्याङकअनुसार एक हजार ५२५ हेक्टरमा लगाएको धानबाली मध्ये ४१८ हेक्टर जमिनको...

बेमौसमी वर्षा: बाली बीमा नहुँदा किसानले लाखौंको क्षति बेहोरे

ओखलढुंगा– बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगे पनि बाली बीमा नहुँदा किसानलाई समस्या भएको छ । दसैँलगत्तै परेको झरीले धान, कोदो तथा दलहन बालीमा क्षति पुगेको थियो । जिल्लाभरका अधिकांश धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरको तथ्यांक संकलन गरेर प्रदेशको कृषि मन्त्रालयमा पठाइएको कार्यालयको भनाइ छ । पसाएको धान र कोदो झरीका […]

फालेलुङको पहिरोले लाखौँको क्षति

फालेलुङमा गाउँपालिका–३ स्थित माङ्लेबुङ, ताङ्लेपा र विकेट क्षेत्रमा गत साउन २७ गते गएको पहिरोका कारण रु एक करोड छ लाख बराबरको कृषिबालीमा क्षति पुगेको छ । एक हजार ३७ रोपनी क्षेत्रफलमा लगाइएको धान, कोदो, मकै, अदुवा, अलैँचीलगायतका बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमल तिवारीले जानकारी दिए । यहाँका करीब…