बेमौसमी वर्षाले लाखौंको क्षति, न कृषि नीति छ, न बीमा नै
बेमौसमी वर्षाबाट बालीनालीमा क्षति पुगेपछि ओखलढुंगाका किसानलाई समस्या भएको छ । दशैँ लगत्तै परेको झरीले धान, कोदो, फापर तथा दलहन बालीमा क्षति पुगेपछि किसान समस्यामा परेका हुन् ।
चैत ६, पर्वत । पर्वतमा सातौं राष्ट्रिय कृषि गणना शुरु भएको छ । कृषि गणनाका लागि सदरमुकाम कुश्मामा रहेको कृषि ज्ञानकेन्द्र पर्वतको परिसरमा कार्यालय स्थापना गरेर गणनाको तयारी शुरु भएको हो । आगामी जेठ मसान्तसम्म जिल्लाका ७ ओटै स्थानीय तहमा सुपरीवेक्षक र गणकहरू खटाएर कृषि गणना गरिने भएको छ ।
पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलका अनुसार तथ्यांक विभागले सुपरीवेक्षक र गणक माग गर्दै चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको छ । पौडेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि महत्वको रहेको बताए ।
देशभरीको कृषिको अवस्था, लगानीको अवस्था, कृषिमा सिँचाइको अवस्था, उमेर र जात अनुसारका पशुपंक्षी, कृषिमा भइरहेको यान्त्रिकीकरण र आधुनिकीकरणको अवस्था, कृषि ऋण बीमा र अनुदानको अवस्था थाहा पाउनका लागि गणना गरिने भएको हो ।
मुख्य कृषक तथा मुख्य उत्पादन, कृषि चलनको मुख्य उत्पादन, उत्पादनको मुख्य उपयोग, कृषि चलनको आर्थिक क्रियाकलाप, कृषि चलनको पारिवारिक विवरण (नाम, लिङ्ग, उमेर, शैक्षिक स्थिति, मुख्य पेशा, कृषि तालिम, कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, कृषिका लागि दिइएको समय), संलग्न कामदारको संख्या, महिलाको नाममा हरेको कृषि जग्गा र क्षेत्रफल, सिँचाइको स्रोतको बारेमा गणनाको क्रममा तथ्यांक लिइनेछ ।
यस्तै, जग्गाको उपभोग, अस्थायी बालीको क्षेत्रफल, मुख्य बाली उत्पादन, स्थायी बाली क्षेत्रफल र संख्या, चौपाया तथा पंक्षीको विवरण, कृषि औजार र साधन तथा स्वामित्व, गैरआवासीय भवनको प्रयोग र स्वामित्व, वन, कृषि ऋण, बीमा, अनुदान, खाद्यान्न स्थिति, अपुग खाद्यान्नको व्यवस्थापन, कृषिमा वातावरणको प्रभाव लगायतको जानकारी पनि सुपरीवेक्षक र गणकले लिने भएका छन् ।
पहाडी र हिमाली क्षेत्रमा कम्तीमा चार आना क्षेत्रफलमा र तराईमा आठ धुर क्षेत्रफलमा कृषि कार्य गरिएको हुनुपर्ने, गाई, भैँसी, गोरु जस्ता पशुमध्ये कम्तीमा एउटा पालिएको हुनुपर्ने, भेडा, बाख्रा, सुँगुर, बंगुर जस्ता पशुमध्ये कुनै कम्तीमा पाँच ओटा पालिएको हुनुपर्ने र कुखुरा, हाँस, लगायत कम्तीमा २० ओटा पंक्षी पालन गरिएको हुनुपर्छ ।
तोकिएकामध्ये कुनै एउटा सर्त पूरा भएको अवस्थामा मात्रै कृषक परिवारलाई गणनाका लागि योग्य मानिने छ । जनगणनामा जस्तो प्रत्येक कृषकको घरको गणना यसमा हुने छैन । अधिकृत पौडेलका अनुसार जिल्लाको क्षेत्रफल, जनसंख्या, भौगोलिक क्षेत्र लगायतका आधारमा सर्वेक्षणका लागि नमूना केन्द्रहरू तोकिएका छन् ।
सोही केन्द्रमा पर्ने कृषक परिवारको संख्या तोकिएको सूत्र र मापदण्डको आधारमा निकालिनेछ । ‘जनगणनामा जस्तै प्रत्येक कृषकको गणना यसमा नहुने कार्यालयले जानकारी दिएको छ ।
केही निश्चित केन्द्र तोकेर त्यही ठाउँको प्रतिनिधिमूलक तथ्यांक लिने हो,’ अधिकृत पौडेल भने, ‘जस्तो की पर्वतका सातओटा स्थानीय तहमा एक सय एक ओटा केन्द्र तोकिएका छन् । सूत्रका आधारमा एउटा केन्द्रमा ३० जनासम्म कृषक परिवार पर्न सक्छन् । तिनीहरूको नमूना गणना गर्ने काम हुन्छ ।’
गणकहरूले सोधेका प्रश्नावलीहरूको सत्य तथ्य जवाफ दिनुपर्ने नागरिकको कर्तव्य हुने बताउँदै उनले सही तथ्यांक नआएमा त्यसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका योजनामा प्रभाव पार्ने भएकाले सोही ठाउँका कृषकहरू योजनाको मारमा पर्ने उल्लेख गरे ।
अहिले आएको तथ्यांककै आधारमा राज्यले कृषि नीति, योजना तथा कार्यक्रमहरू तयार पार्नेछ । योजनाको आवश्यकता र निर्धारण नै कृषि गणनाको तथ्यांकमा आधारित हुने भएकाले आफ्नो कृषि कर्मको बारेमा सत्य तथ्य कुरा बताउनु पर्नेछ ।
जनगणनाको तुलनामा कृषि गणना प्राविधिक हुने भएकाले सुपरीवेक्षक र गणकले पनि यसमा विशेष ध्यान दिनुपर्ने पौडेलको भनाइ छ । यस बाहेक स्थानीय तहसँगको समन्वयमा सम्बन्धित स्थानीय तहमा नै पुगेर सरोकारवाला पक्षसँग संयुक्त गोष्ठीको आयोजना गरेर कृषक र अन्य निकायलाई पनि चनाखो बनाउने तयारी गणना कार्यालयले गर्न सकिने जानकारी दिइएको छ । यस पटकको गणना देश संघीयता पछिको पहिलो गणना हो ।
काठमाण्डाै - राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रले बालीको बीमा, अनुदान प्रणाली तथा उत्पादनको मूल्य शृङ्खलासहित विभिन्न क्षेत्रमा आवश्यक नीति तयार गर्ने भएको छ ।
पछिल्लो समय बाली बीमा, अनुदान प्रणाली, मूल्य शृङ्खला, प्रविधि अनुसरण तथा यसको प्रभाव र सामाजिक आर्थिक पक्ष जस्ता विषयमा चासो बढेको भन्दै केन्द्रले आवश्यक थप नीति बनाएर सरकारलाई निचोडका रुपमा दिने भएको हो ।
अर्थतन्त्रको मुख्य आधार नै कृषि क्षेत्र भएकाले यसमा देखिएका समस्या तथा चुनौतीको पहिचान गरी आवश्यक नीति बनाउने र भएका नीतिलाई परिमार्जन गर्न लागेको केन्द्रका प्रमुख...