काठमाडौं । राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । अध्यादेश संविधान र सर्वोच्च अदालतको फैसलाविपरीत रहेको भन्दै खारेजीको मागसहित सर्वोच्चमा ६ वटा रिट परेका छन् । सबै रिटमाथिको सुनुवाइका लागि भदौ ११ गते शुक्रबारलाई पेसी तोकिएको छ । सरकारले भदौ १ गते सो अध्यादेश ल्याएको थियो […]