तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो । बहुवर्षीय सडक अन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत