महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अह