बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर  निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् । यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरेका हुन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँबाट काँग्रेसबाट

सम्बन्धित सामग्री

हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए । एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि […]

माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, २३ असार । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । यसरी माओवादी केन्द्र खारेजीको माग गर्र्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् । बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक […]

एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ । पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो  । निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने ...

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता...

साविक एमाले र माओवादी केन्द्र ब्युँतियो

सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला आइतवार सुनाएको हो । साथै सर्वोच्चले एकीकरण अघिका साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा कायम रहने फैसला पनि सुनाएको छ । पुन: एकीकरण गर्ने हो भने निर्वाचन आयोगमा पुन: जानुपर्ने पनि फैसलामा उल्लेख छ ।​

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यही दलबाट निर्वाचित भएका जननिर्वाचित प्रतिनिधिहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि २०७६ साल मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो । […]

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा […]

सर्वोच्चले ब्युँताइदियो तत्कालिन एमाले र माओवादी केन्द्र

काठमाडौं । तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मान्यता नपाएसँगै पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादको निरुपण गरेको फैसलामा आइतबार साविक दुवै दल कायम गरिदिएको हो । नेकपा नाम भने ऋषिराम कट्टेलले पाउनुभएको छ । सर्वोच्चको फैसलाको बुँदा नं २६ मा ‘साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने’ उल्लेख छ। अदालतले भनेको छ, ‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’