उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा नौ दलको बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा उपराष्ट्रपति पदमा साझा उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले उपराष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरि छलफल भइरहेको छ ।  

सम्बन्धित सामग्री

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र जुटेन सहमति

१ चैत, काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ । उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् । साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा १० दलको बैठक बसेको थियो […]

गठबन्धनबाट साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले सवा दश बजेदेखि सत्ता गठबन्धन दलको बैठक जारी रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।  गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् । राष्ट्रिय सभा स...