नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै टेलिभिजनको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिड विरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको र यस्तो झुटो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो।