काममा फर्किएका गभर्नर अधिकारीले भने– कुनै पूर्वाग्रह राखेर काम गर्दैनौं

नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन  अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरुद्धमा अधिकारी सर्वोच्च अदालत गएका थिए । न्यायाधीश हरि फुयाँलको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय नगर्न र पदमा रहेर काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशसँग उनी आज राष्ट्र बैंकको कार

सम्बन्धित सामग्री

काममा फर्के गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै बुधबारबाट काममा फर्किएका छन् । काममा फर्केलगत्तै उनले भने, ‘गभर्नर र अर्थमन्त्री व्यक्तिगतभन्दा पनि संस्था हो । यसर्थ व्यक्तिगत रिसिइबी तथा पूर्वाग्रह, दुराग्रह राखेर काम गरिँदैन ।’ मन्त्रिपरिषद्ले गत २४ चैतमा निर्णय गर्दै गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेको थियो । […] The post काममा फर्के गभर्नर अधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुनै पूर्वाग्रह नराखी काम गर्छु: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।...

गभर्नर अधिकारीले काम गर्न थाले, पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काम गर्न थाल्नुभएकाे छ । उहाँले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने प्रतिवद्धता समेत गर्नुभएको हाे। आज (बुधबार) देखि काममा फर्किनुभएका अधिकारीले आफूले व्यवसायिक इमान्दारिता कायम गर्ने बताउनुभयाे । मंगलबार सर्वोच्च अदालतले काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी बुधबारदेखि काममा फर्किनुभएको छ । काम सुरु गर्दै […]

सर्वोच्च अदालतको आदेश प्रणालीका पक्षमा : गभर्नर अधिकारी

वैशाख ७, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश प्रणालीका पक्षमा आएको भन्दै पूर्वाग्रह भएर काम नगर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवापछि  कार्यालय पुगेका अधिकारीले बुधवार प्रणालीका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।  साथै उनले आफूले व्यावसायिक ढंगले काम गर्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले पूर्वाग्रह भएर काम नगर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै उनले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने बताएका छन्। उनले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर अगाडि बढ्ने पनि बताए । उनले गभर्नर, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय भनेको संस्था भएको बताए । उनले भने, ‘विभिन्न घटना, परिघटनाले यस्ता स्थितिहरू ल्याउँछन् तर हामीले आफ्नो जिम्मेवारी पूरा गरिराख्दाखेरि गर्नुपर्ने समन्वय, सम्पर्क गर्छौं । त्यसमा कुनै किसिमको आग्रह र पूर्वाग्रह राखेर गर्नुपर्ने भन्ने छैन । हामी त्यसमा सतर्क रहन्छौं ।’  सरकारले गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै यसअघि छानबिन समिति गठन गरेको थियो । यो पनि हेर्नुस् : गभर्नरलाई काम गर्न दिनू : सर्वोच्च

काममा फर्किए गभर्नर अधिकारी, मन्त्रालयसँग गरिने समन्वयमा सतर्क रहने भनाई

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि उनी आजबाट नियमित काम फर्किएका हुन् ।अदालतको आदेश बोकेर गभर्नर अधिकारी आज दिउँसो राष्ट्र बैंक पुगेका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका थिए । काममा फर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्र बैंक, मौद्रिक स्थिति, र अर्थतन्त्र जस्तो संवेदनशील विषयमा आवाज उठाईदिएएकोमा आभार व्यक्त गरेका छन् । संवेदनशीलता बुझेर यस विषयमा सकारात्मक भाव , सद्भाव व्यक्त गरिएकोमा उनले आभार व्यक्त गरेका हुन् । गभर्नर र राष्ट्र बैंक व्यक्ति नभई संस्था भएकोले सिस्टमको पक्ष बोलेर सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका हुन् ।त्यस्तै उनले राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले राष्ट्र बैंक र गभर्नरले अर्थ मन्त्रालयसँग गर्नु पर्ने नियमित संवाद र समन्वय जारी नै रहने बताए । विभिन्न घटना- परिघटनाले यस्तो परिस्थिति ल्याउने भन्दै उनले बिना आग्रह, पूर्वाग्रह अर्थमन्त्रालयसँग गर्नु पर्ने सम्पर्क र समन्वयलाई जारी राख्ने उनले बताए । यस विषयमा थप सतर्क हुने उनको भनाई थियो ।मंगलबार सर्वोच्च अदालतका  न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि कारवाही अघि नबढाउँन आदेश दिएको थियो। त्यस्तै उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो  । इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।  अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।सरकारले छानविन समिति बनाएर आफुलाई निलम्बन गरेपछि उनी अदालत गएका थिए ।

गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका […] The post गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि आज पहिलो सुनुवाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.