जुम्ला, भदौ १७ । जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो। केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह […]