काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् ।