सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताउनुभएको छ । युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहितासम्बन्धी भर्चुअल तालीममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्नसकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताउनुभयो ।