कोरोना कहरमा राज्यले भुलेको एउटा पुस्ता

सञ्जीव बस्नेत- कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै करिब ९ महिनाको अवधिसम्म नेपाली समुदाय थुनिए। बल्ल खुल्ला भएको केही समयपछि फेरि कोरोनाको दोस्रो लहर शुरु भएको छ। देश फेरि बन्दको स्थितिमा पुगेको छ। एकतिर कोरोना, अनि अर्कोतिर त्रास। यसले सबैभन्दा बढी युवाको भविष्य प्रभावित हुने देखिन्छ। हुन त नेपालमा खुल्ला…

सम्बन्धित सामग्री

राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्‍यो : निर्माण व्यवसायी

फागुन २१, चितवन ।  निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै महासंघले व्यवसायीको हक हित र पूर्वाधारको लागि लडेपनि राज्यले सुनुवाई नगरेको बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको २८ औं साधारण सभा तथा अधिवेशन उद्घाटन गर्दै उनले व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा, कार्टेलिङ्ग, न्यून बीडिङ्गले पनि यस व्यवसायमा थप समस्या भएको पनि बताए । ‘राज्यले हेर्ने दृष्टिकोण पनि फरक छ, व्यवसायीको दृष्टिकोण पनि फरक छ । राज्यले हर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्छ, हाम्रो दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ’, सिंहले भने । महासंघ सार्वजनिक खरीद ऐन संशोधन गर्न अघि बढेको भन्दै उनले यस व्यवसायमा पनि केही सुधार भएको उनले बताए । सरकारले जोइन्ट भेन्चरको प्रणालीलाई सुधार गरी ३ अर्ब रुपैयाँदेखि १० अर्बको आयोजनामा बिदेशी लगानी गर्न पाउने निर्णय गरेकोमा स्वागत योग्य भएको उनको तर्क थियो । कोरोना महामारीबाट व्यवसाय प्रभावित भएको भन्दै महासंघले सरकारसंँग म्याद थपका साथै बीमा समितिबाट सहुलियत गराउन सफल भएको पनि सिंहले बताए ।  महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक देखिएपनि महासंघले व्यवसायीकै एजेण्डा लिएर अघि बढेको बताए । निर्माण सम्पन्न कार्यका लागि सरकारको नीतिनै कमजोर भएको, ढिलाई पनि सरकारबाटनै हुने गरेको उनको भनाइ थियो ।  महासंघका बाग्मती प्रदेश अध्यक्ष सुमित श्रेष्ठले व्यवसायीले ऋणमा लिएर, जोखिममा रहेर समेत कोरोना कहरमा समेत काम गरेपनि आफूहरुले जस नपाएको बताए ।  यसैगरी केन्द्रीय महासचिव रोशन दाहालले महासंघले निर्माण सम्बन्धी ऐन कानून संशोधन गर्न सफल भएको, विना जरिवाना म्याद थप गर्न सफल भएको र २२ ओटा रुग्ण आयोजनाले काम गर्न पाएको बताए ।  कार्यक्रममा सहभागी व्यवसायीहरुले राज्यको नीति तथा व्यवहार देखेर असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्र निर्माणको लागि आफ्नो भूमिका र दायित्व उत्तिकै रहेपनि राज्य तथा नागरिक पक्षले समेतको हेर्ने दृष्टिकोण परिवर्तन नहुंँदा आफूहरु अन्याय परेको उनीहरुको भनाइ थियो । उनीहरुले कुनै पनि आयोजना सम्पन्न गर्दा २५ प्रतिशतको मात्र दायित्व र जिम्मेवारी व्यवसायीको र अन्य भुमिका राज्य र सरोकारवालाको हुने भन्दै गुनासो गरेका थिए । निर्माण कार्य गर्दा दोषि ठहरेमा मात्रै आफू सजायको भागिदार हुने तर निर्दोष व्यवसायीलाई दण्ड सजाय दिन नहुने उनीहरुको भनाइ थियो ।

राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी चयन

भदौ २९, बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् ।  संगठनको मंगलवार भएको दोस्रो अधिवेशनले राजभण्डारीको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन भएका छन् । यस्तै महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सहसचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी विक र सह कोषध्यक्षमा नर बहादुर केसी चयन भएका छन् ।  यस्तै, सदस्यहरुमा कमला पुन, नर कुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंग बहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहेका छन् । अधिवेशनले ललिला थापाको संयोजकत्वमा ३ सदस्य महिला उपसमिति समेत गठन गरेको छ । समितिको सदस्यमा नरमाया पुन र सम्झाना श्रेष्ठ रहेकी छिन् ।  अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले सरकारले कर छूट, डुब्न थालेका व्यवसायीहरुलाई पुर्नउत्थान लगायतका ल्याउनुपर्ने बताए ।  उनले कोरोना कहरमा व्यवसायीहरु धेरै मारमा परेकोले राज्यले उद्योगी तथा व्यवसायीहरुको लागि व्याजमा साहुलियत, बहाल करमा छूट लगायतका राहतका प्याकेजहरु ल्याउनु पर्ने बताए । उनले व्यापार संगठनले राज्यलाई व्यवसायीहरुको मागको बारेमा जानकारी गराइरहेको बताए ।