झापा : कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै झापामा अक्सिजनको अभावमा देखिन थालिसकिएको छ। अक्सिजन अभावकै कारण भद्रपुरमा एक जना कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका छन्। संक्रमित बिरामीका लागि भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा अक्सिजन सिलिन्डर नहुँदा भद्रपुर ४ मन्त्री बस्ती निवासी ४८ वर्षीय अनुप राजवंशीको मृत्यु भएको हो।मेची कोभिड उपचार केन्द्र भद्रपुरमा मंगलबार बेलुका साढे ४ उनको मृत्यु हो। एक साताअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए। मंगलबार बिहान १० बजे एक्कासि