काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् । आज बुढानिलकण्ठस्थित आफ्नै निवासमा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, “म प्रधानमन्त्रीको लागि लालायित छैन, नेतृत्व लिने परिस्थित आए भने पछाडि हट्दिनँ ।” वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।