नेकपा एमाले, सुदुरपश्चिमम प्रदेशको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेशसभा सदस्य अमरबहादुर साउदले सञ्चारकर्मीलाई जानकारी दिए। गत सोमबार एमाले केन्द्रीय कार्यालयले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो।