२१.३ मेवा क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण शुरु, ३ अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान

माघ १५, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।            संयुक्त ऊर्जा प्रालिले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१ दशमलव ३ मेगा(मेवा) वाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । ‘बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथि ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ’, उनले भने, ‘एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खननन् शुरु गर्छौं ।’            ३ हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।            कुल ३ अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युतगृहको कामले गति लिएको छ ।            विद्युतगृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युतगृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।            यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६ दशमलव ८ मेगावाट क्षमताका चार ओटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।            ५ दशमलव ५ मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४ दशमलव ६५ मेगावाट क्षमताका तीन ओटा आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।            तुदी पावर लिमिटेड प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८ दशमलव ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण शुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५ दशमलव ५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण शुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।            रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४ दशमलव ७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४ दशमलव ९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले बताएको छ ।            राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र संघीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रासस

सम्बन्धित सामग्री

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने , “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए ।

म्याग्दीमा ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१।३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । ‘बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत […]

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी, १५ माघ: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने […]

म्याग्दीमा १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

वैशाख २१, म्याग्दी । ‘हाइड्रो हब’ का नामले समेत परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । म्याग्दीका प्रमुख नदीहरु कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलाहरुबाट १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको छ । जिल्लाका दुई ओटा विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।  त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । त्यसैगरी नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ परीक्षणको अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भइसकेका यी तीन जलविद्युत् आयोजनाबाट ४९ मेगावाट विद्युत् उत्पादन भएको छ । निर्माण सम्पन्न भइसकेका यी तीनओटा जलविद्युत् आयोजना बाहेक अन्य १५ ओटा जलविद्युत् आयोजनाहरु केही निर्माणाधीन अवस्थामा रहेका छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रवहादुर केसीले बताए । समन्वय समितिका प्रमुख केसीका अनुसार कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि १५ ओटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । उनका अनुसार निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको निलगिरि २, हाइड्रो सपोर्ट प्रालिले दानामा ५३ दशमलव ५ मेगावाटको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले नै ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गरेका छन् । म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।  जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ । अर्बौको लगानीमा निर्माण हुने यी जलविद्युत् आयोजनाका कारण जिल्लामा सयौ व्यक्तिहरुले रोजगारी समेत पाएका छन् भने सामुदायिक विकासको लहर समेत चलेको जनप्रतिनिधिहरुले बताएका छन् ।

म्याग्दीमा ६६२ मेवा क्षमताका १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

वैशाख ७, म्याग्दी  । ‘हाइड्रो डिष्ट्रिक’ अर्थात् जलविद्युतको जिल्लाको रुपमा परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा  ६६२ मेगावाट(मेवा) क्षमताका १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणको चरणमा प्रवेश गरेका छन् । म्याग्दीका प्रमुख जलाधार क्षेत्र कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र सहायक विभिन्न नदीमा १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका विद्युत विभागले बताएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेवा विद्युत् उत्पादनको लक्ष्य रहेको छ । कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि दर्जनभन्दा जलविद्युत् आयोजनाले काम गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नेपाल विद्युत् प्राधिकरणबाट उत्पादन भइरहेको दुई मेवा क्षमताको तातोपानी साना र घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेवा क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेवा क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना परिक्षणको अन्तिम चरणमा छ ।  त्यसैगरी निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेवाकोे निलगिरि जलविद्युत् आयोजना, ७१ मेवाको निलगिरि २, हाइड्रो सर्पोट प्रालिले दानामा ५३ दशमलव ५ मेवाको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेवा, हिम कन्सल्टले नारच्याङमा ६ मेवाको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेवाको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रूपले ४ मेवाको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको योजनामा छन् ।  त्यस्तै पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेवाको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गर्ने योजना सडक पहुँच विस्तारमा लागेको छ । उत्तरी म्याग्दीको रघुगंगा नदीका चार जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । ४० मेवाको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेवाको राहुघाट मंगले, तुदी पावर कम्पनीले ४८ मेवाको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ द्यशमलव ३ मेवाको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेवाको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेवाको  अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।  जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाबाट करीब १५० मेवा क्षमतासहित पाँच ओटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि निर्माणको चरणमा प्रवेश गरेका छन् । चिमखोलाको बगरखोलामा ५ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोपावर लिमिटेडले विद्युत् खरीदविक्री सम्झौताको चरणमा पुर्‍याएको छ । ४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदीमा २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला, ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माणकार्य शुरु गरेका छन भने ४८ मेवाको अपर राहुघाट जलविद्युतको समेत ठेक्का लगाएर निर्माणकार्य प्रारम्भ गर्ने तयारी गरिएको छ । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेकोे २१ द्यशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । रघुगंगा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । रघुगंगा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको करीब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।  तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तीव्रता पाएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ६०० मिटर बढी मुख्य सुरुङ खनिसकिएको छ ।रघुगंगाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण सुरु भएसँंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ ।  गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्यमार्फत सडक पहुँच आयोजनासम्म पुर्‍याएको छ ।  निरन्तर बगिराख्ने नदीमा आयोजना सञ्चालन सुखद हो तर आयोजना निर्माण कम्पनीले ढिलासुस्ती गरेर स्रोत ओगट्नेमात्र काम भएको हुँदा सरोकारवालाले निगरानीतर्फ ध्यान दिन स्थानीयले माग गरेका छन् ।