पशुपति क्षेत्रको संरक्षण र सरसफाइमा ध्यान दिन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन गर्दै त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गरेका थिए । सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए। उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी

सम्बन्धित सामग्री

मालपोत कार्यालयका कर्मचारीलाई छिटो छिटो सरुवा नगर्न मन्त्री श्रेष्ठको निर्देशन

फागुन ९, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मालपोत कार्यालयमा छिटो छिटो कर्मचारी सरुवा नगर्न निर्देशन दिएकी छिन् । छोटो समयमा कर्मचारीको सरुवा हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिय प्रणालीमा लैजान पनि उनले आग्रह गरिन् । चक्रिय प्रणाली अनुसार कमर्चारी सरुवा गर्ने प्रक्रियाको सुरुवात भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट गर्न समेत मन्त्री श्रेष्ठले आग्रह गरेकी हुन् ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागको सोमबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताइन् ।  मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिएकी हुन् ।  विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि श्रेष्ठले भनाई छ ।  मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिएकी छन् ।

गुठीको मर्मअनुसार काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् ।गुठी संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा मंगलबार संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतिको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीलाई निर्देशन दिइन ।गुठीसम्बन्धी […]