पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु पराजित

भारतीय राष्ट्रिय कांग्रेसका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धु पञ्जाब विधानसभा निर्वाचनमा पराजित भएका छन्। अमृतसर इस्टबाट चुनाव लडेका सिद्धु आम आदमी पार्टी (आप) की जीवन ज्योत कौरसँग पराजित भएका हुन्। मतगणनामा आपको पक्षमा सुरुवाती रुझान देखिएसँगै सिद्धुले सामाजिक सञ्जालमार्फत आपलाई बधाई दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्,’जनताको आवाज ईश्वरको आवाज हो, पञ्जाबका जनताको जनादेशलाई विनम्रताका […]

सम्बन्धित सामग्री

पञ्जावमा सिद्धुले आफुलाई सिद्ध गर्न सकेनन्, काँग्रेस अध्यक्ष पदबाट राजीनामा दिए

एजेन्सी । नवजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पञ्जाबमा भएको विधान सभा निर्वाचनमा नमिठो हार भोगेपछि उनले राजीनामा दिएका हुन् ।

पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धू राज्यमा चुनावी नतिजाबारे बोले

पञ्जाब विधानसभा चुनावको मतगणनाको रुझान सार्वजनिक भइरहे सँगै राज्यमा कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धूले ‘मानिसको आवाज, भगवानको आवाज भएको’ बताएका छन् ।उनले लेखेका छन्, ‘पञ्जाबका जनताले जनादेश विनम्रतापूर्वक स्वीकार गर्छन्, ‘आप’ लाई बधाई ।’पञ्जाबको चुनावी परिणामको रुझानमा आम आदमी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाएको छ । उक्त पार्टी ९० सिटमा अघि छ जबकी सत्तारुढ कांग्रेसको गठबन्धन १८ सिटमा अघि बढिरहेको छ ।The voice of the people is the voice of God &hell

सिद्धुले राजीनामा दिएपछि ट्रेन्ड भइन् अर्चना, रोचक मीम्समा दिइन् प्रतिक्रिया

मंगलबार कांग्रेस नेता नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेस पदबाट राजीनामा दिएर सबैलाई चकित पारिदिए । राजनीतिक फाँटमा एकातिर सिद्धु ट्रेन्ड भइरहेका छन् भने यस्तै मनोरञ्जन जगतमा अर्चना पुरन सिंह छाएकी छिन् । अब सिद्धुको राजीनामा पछि अर्चना किन ट्रेन्ड हुन थालिन् । यसको जवाफ हो ‘कुर्सी’ ।सोसल मिडिया प्रयोगकर्ताले द कपिल शर्मा शोमा अर्चना कुर्सीमा सिद्धुको राजीनामापछि खतरा निम्तिएको बताएका छन् । अर्चनाको विषयमा थुप्रै मीम्स भाइरल हुन थालेका छन् । यी मीम्समा अर्चनाले प्रतिक्रिया पनि

सिद्धूले दिए पञ्जाब कांग्रेसको अध्यक्षबाट राजीनामा

१२ असोज, काठमाडौं । नवजोत सिद्धूले भारतको पञ्जाब कांग्रेस कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यद्यपि आफू आगामी दिनमा पनि कांग्रेस पार्टीमै रहने उनले बताएका छन् । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेख्दै उनले राजीनामा दिएका हुन् । गान्धीलाई लेखेको पत्रमा उनले मानिसको पतन सम्झौताको माध्यमबाटै हुने भन्दै भविष्यमा पनि पञ्जाबका मानिसको कल्याणको […]

सिद्धुको राजीनामापछि अमरिन्दर सिंहको प्रतिक्रिया– ऊ स्थिर मान्छे हैन

भारतको कांग्रेस पार्टीका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धुले पदबाट मंगलवार राजीनामा दिएपछि उक्त प्रान्तका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले प्रतिक्रिया दिएका छन् ।  सिद्धुको राजीनामालगत्तै अमरिन्दरले ट्वीट गरे, ‘मैले भनेकै हुँ, ऊ स्थिर मान्छे हैन । सीमावर्ती प्रान्तको शासन चलाउनका लागि ऊ योग्य व्यक्ति हैन ।’ अमरिन्दरलाई पदबाट हटाउनका लागि सिद्धुकै हात थियो । सिद्धुले अमरिन्दरको स्थानमा चरणजित सिंह चन्नीलाई मुख्यमन्त्री बनाए । तर मन्त्रिमण्डलमा आफूले भनेका मान्छे नपरेपछि असन्तुष्ट हुँदै उनले पञ्जाब कांग्रेस ...

नवजोत सिंह सिद्धुले दिए पञ्जाब कांग्रेस अध्यक्षको पदबाट राजीनामा

नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए । सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् । आफ्नो राजीनामामा सिद्धूले लेखे, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’ सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा

पञ्जावमा काँग्रेसको विवाद मिल्यो, सिद्धु र क्याप्टेनबीच सहमति

एजेन्सी । पञ्जाब कांग्रेस नेता नवजोत सिंह सिद्धूले औपचारिक रूपमा राज्य कांग्रेस समितिको अध्यक्षको पदभार लिएका छन्। योसँगै लामो समयदेखि पञ्जावमा काँग्रेसको विवाद समाधान भएको छ ।