भारतको कांग्रेस पार्टीका पञ्जाब अध्यक्ष नवजोत सिंह सिद्धुले पदबाट मंगलवार राजीनामा दिएपछि उक्त प्रान्तका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले प्रतिक्रिया दिएका छन् ।
सिद्धुको राजीनामालगत्तै अमरिन्दरले ट्वीट गरे, ‘मैले भनेकै हुँ, ऊ स्थिर मान्छे हैन । सीमावर्ती प्रान्तको शासन चलाउनका लागि ऊ योग्य व्यक्ति हैन ।’
अमरिन्दरलाई पदबाट हटाउनका लागि सिद्धुकै हात थियो । सिद्धुले अमरिन्दरको स्थानमा चरणजित सिंह चन्नीलाई मुख्यमन्त्री बनाए । तर मन्त्रिमण्डलमा आफूले भनेका मान्छे नपरेपछि असन्तुष्ट हुँदै उनले पञ्जाब कांग्रेस ...