नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए । सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् । आफ्नो राजीनामामा सिद्धूले लेखे, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’ सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा